दफा ३३
पुनरावेदन अदालतको निर्णय उपरको निवेदन वा पुनरावेदन
(१) यो ऐन प्रारम्भ हुँदाका बखत पुनरावेदन अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर तत्काल प्रचलित कानून बमोजिम सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो पुनरावेदन सर्वोच्च अदालतमा गर्न सकिनेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत पुनरावेदन अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर मुद्दा दोहो¥याउन तत्काल प्रचलित कानून बमोजिम सर्वोच्च अदालतमा निवेदन दिन सकिने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो निवेदन सर्वोच्च अदालतमा दिन सकिनेछ ।